Monday 26th October 2026

कविता: म र आमा


मैलेँ विदेशबाट आमालाई सोधेँ
आमाले स्वदेशबाट मलाई सोध्नु भयो
दुइटैको सोधाइ उस्तै थियो
आमाले सन्चै छौँ भन्नु भयो
मैलेँ सन्चै हुनुहुन्छ भने
दुइटैको एउटै उत्तर थियो
औँ सन्चै छु।

आमा विस्तारमा लडिरहेको देखेँ
मुख सुकेको,छाला चाउरिएका
आँखा थाकीसकेका,खुट्टा चल्न नसकेका
वचपनमा मायाले मलाई डोर्याउने हातहरु
फोन समाउन नसकेर कापीरहेका
अझैपनि दाँत झरेका ती गिजाहरुको
मुस्कानले मलाई खोजिरहेका

मेरो हाँसो देख्न त्यो अनुहार
सबै पीडा बिर्सिएर
हाँस्ने कोसिस गरिरहेका
विस्तारहरु आमालाई काखमा लिएका
उठेर हिड्नलाईसाथ नदिएका
पुरानो आमाको मनपर्ने खाटले
आमालाई साथ नदिएको
उठ्नै नसक्ने बनाएर आफैतिर तानीरहेको

पिलपिल बलेका बत्तीहरु जस्तै भएर
आमाका आशाहरु मलाई पर्खीरहेका
मेरो कस्तो बाध्यता
आफ्नै आँसु दबाएर
प्रदेशबाट हेरिरहनु पर्ने विवशता।

नारायण कोइराला
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...