Saturday 19th September 2026

कविता: म र आमा


मैलेँ विदेशबाट आमालाई सोधेँ
आमाले स्वदेशबाट मलाई सोध्नु भयो
दुइटैको सोधाइ उस्तै थियो
आमाले सन्चै छौँ भन्नु भयो
मैलेँ सन्चै हुनुहुन्छ भने
दुइटैको एउटै उत्तर थियो
औँ सन्चै छु।

आमा विस्तारमा लडिरहेको देखेँ
मुख सुकेको,छाला चाउरिएका
आँखा थाकीसकेका,खुट्टा चल्न नसकेका
वचपनमा मायाले मलाई डोर्याउने हातहरु
फोन समाउन नसकेर कापीरहेका
अझैपनि दाँत झरेका ती गिजाहरुको
मुस्कानले मलाई खोजिरहेका

मेरो हाँसो देख्न त्यो अनुहार
सबै पीडा बिर्सिएर
हाँस्ने कोसिस गरिरहेका
विस्तारहरु आमालाई काखमा लिएका
उठेर हिड्नलाईसाथ नदिएका
पुरानो आमाको मनपर्ने खाटले
आमालाई साथ नदिएको
उठ्नै नसक्ने बनाएर आफैतिर तानीरहेको

पिलपिल बलेका बत्तीहरु जस्तै भएर
आमाका आशाहरु मलाई पर्खीरहेका
मेरो कस्तो बाध्यता
आफ्नै आँसु दबाएर
प्रदेशबाट हेरिरहनु पर्ने विवशता।

नारायण कोइराला
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...