Monday 26th October 2026

रियादमा हुथीको ड्रोन र मिसाइल आक्रमण, ऊर्जा केन्द्र प्रभावित


यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्।

आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी भएको र केही समय उडान सेवा प्रभावित भएको बताइएको छ। सुरक्षा सतर्कतास्वरूप बासिन्दालाई घरभित्र बस्न चेतावनी दिइएको थियो।

हुथी पक्षले रियादका संवेदनशील क्षेत्र तथा अरामकोका ऊर्जा पूर्वाधारलाई निशाना बनाएको जनाएको छ। घटनाबारे साउदी अरबले तत्काल आधिकारिक प्रतिक्रिया दिएको छैन।

युद्धको प्रभाव बढ्दै जाँदा तेल आपूर्ति र विश्वव्यापी ऊर्जा बजारमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...