Saturday 19th September 2026

रियादमा हुथीको ड्रोन र मिसाइल आक्रमण, ऊर्जा केन्द्र प्रभावित


यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्।

आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी भएको र केही समय उडान सेवा प्रभावित भएको बताइएको छ। सुरक्षा सतर्कतास्वरूप बासिन्दालाई घरभित्र बस्न चेतावनी दिइएको थियो।

हुथी पक्षले रियादका संवेदनशील क्षेत्र तथा अरामकोका ऊर्जा पूर्वाधारलाई निशाना बनाएको जनाएको छ। घटनाबारे साउदी अरबले तत्काल आधिकारिक प्रतिक्रिया दिएको छैन।

युद्धको प्रभाव बढ्दै जाँदा तेल आपूर्ति र विश्वव्यापी ऊर्जा बजारमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...