Monday 26th October 2026

CNN लगायत सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले “झुटा समाचार” प्रसारण गरेको आरोप लगाएका छन्।

तर ह्वाइट हाउसले प्रतिबन्ध कार्यान्वयनबारे कुनै ठोस कदम नचालेको र पत्रकारहरू सामान्य रूपमा कार्यरत रहेको जनाइएको छ। अमेरिकी प्रेस स्वतन्त्रता पक्षधर संस्थाहरूले यस्तो कदम संविधानको पहिलो संशोधन (First Amendment) विपरीत हुने र अदालतले अस्वीकार गर्ने बताएका छन्।

CNN, Politico तथा ह्वाइट हाउस संवाददाता संघले पनि प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै विरोध जनाएका छन्। डेमोक्र्याट नेताहरूले ट्रम्पको घोषणालाई लोकतान्त्रिक मूल्यविपरीत र अधिनायकवादी शैलीको कदमको रूपमा आलोचना गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...