Friday 9th October 2026

गुणस्तरीय उपचारको गन्तव्य बन्दै विराटनगरको पारस मल्टिस्पेसियालिटी हस्पिटल


अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास
-गुलाम नवि मन्सुर
विराटनगर, पछिल्लो समय विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा प्रविधिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालमा उपलब्ध अत्याधुनिक सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समर्पणका कारण नेपालका विभिन्न क्षेत्रका साथै भारतको बिहार लगायत सीमावर्ती क्षेत्रबाट समेत उपचारका लागि बिरामीहरू आउने क्रम बढ्दै गएको छ।

हालै अस्पतालको अवलोकन तथा स्वास्थ्य सेवासम्बन्धी अन्तरक्रियाका क्रममा अस्पतालले प्रदान गर्दै आएका सेवाबारे जानकारी लिने अवसर प्राप्त भएको थियो। सो अवसरमा अस्पतालका प्रख्यात चिकित्सक डा. साफिउर रहमान (MBBS, MS – Gold Medalist) र डा. सहिम आलम (बालरोग तथा नवजात शिशु विशेषज्ञ तथा TMJ/TMD Specialist) लगायतका विशेषज्ञ चिकित्सकहरूसँग भेटघाट तथा स्वास्थ्य सेवाको वर्तमान अवस्थाबारे सकारात्मक छलफल भएको थियो।

अस्पतालमा दक्ष चिकित्सकहरूको टोली, अत्याधुनिक चिकित्सा उपकरण तथा बिरामीमैत्री वातावरण उपलब्ध रहेको छ। यही कारणले नेपाल र भारतका नागरिकहरूले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै बिरामीहरूको जीवनमा खुसी फर्काउने उद्देश्यसहित सञ्चालन भइरहेको पारस मल्टिस्पेसियालिटी हस्पिटलप्रति आम नागरिकको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ। अस्पतालले गुणस्तरीय सेवा र आधुनिक उपचार पद्धतिमार्फत पूर्वी नेपालकै एक महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै लगेको छ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...