Monday 29th June 2026

नेआजम कुवेतले २९ औं विश्व आदिवासी दिवस तथा चाैथो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा पुनः अमृत तामाङ


नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन यहि १८ अगष्ट २०२३ को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ भने अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन् ।

अमृत तमाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाल प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा,महासंघको संस्थापक संरक्षक-राजेन्द्र तामाङ,अतिथि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष-राज मल्ल ठकुरी रहेका थिए । त्यसैगरी कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

महासंघका सदस्य रन्जान गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि,विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो भने उपस्थित आगन्तुकहरुलाई उपाध्यक्ष-वल वहादुर काम्वाङले मन्तव्यद्वारा स्वागत गरेका थिए। शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि,नेपाली दूतावास कुवेत बाट पल्नु भएको द्वितीय सचिव श्रीकृष्ण सिलवाल,एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष-राज मल्ल ठकुरी, नेपाल मगर संघ कुवेत अध्क्षय-बसन्त थापा मगर, तमु समाज कुबेतका वरिष्ट सल्लाहकार-खोप गुरुङ, गैरआवासीय नेपाली संघ कुवेतकी महिला उपअध्यक्ष-रमिता योन्जन लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाती संस्थाहरू नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुवेत, नेवा गुठी कुवेत लगायतले आ आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथ २९ औं विश्व आदिवासी दिवस मनाइएको थियो ।

दोस्रो चरणको चौथो अधिवेशन कार्यक्रम लाई सरल,सहज र निश्पक्ष तरिकाले सम्पन्न पार्न एनआरएनए आईसीसी सदस्य हरी लावती को प्रमुखतमा नेपाल तामाङ घेदुङ कुबेतका सल्ल्हाकार-केशर घलान,मगर सँघ शाखा कुवेतकी उपाध्य्क्षय-नानु राना मगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै निर्वाचित समितिले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो ।

महासंघको चौथो अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।

संरक्षक तथा सल्लाहाकार समिति:
१) संरक्षक – अमित चाम्लिङ राई
२) संरक्षक – राजेन्द्र तामाङ
३) सल्लाहाकार – मनु मगर
४) सल्लाहाकार – खोप ब.गुरुङ
५) सल्लाहाकार – राम लामा
६) सल्लाहाकार – बसन्त थापा मगर
७) सल्लाहाकार – अरुण लिम्बु
८) सल्लाहाकार – दुर्गा चेम्जोङ
९) सल्लाहाकार – हरी लावती
१०) सल्लाहाकार – उमेश राई
११) सल्लाहाकार – रमिता योन्जन

कार्यकारिणी समिति:
१) अध्यक्ष – अमृत तमाङ
२) बरिष्ट उपाध्यक्ष – वल वहादुर काम्वाङ
३) उपाध्यक्ष – लाल ब.सुनुवार
४) उपाध्यक्ष – मोहन नाछिरिङ राई
५) महिला उपाध्यक्ष – नानु राना मगर
६) महासचिव – राजु गुरुङ
७) सचिव – अमित किराती लिम्बु
८) सचिव – भुमी राज राई
९) कोषाध्यक्ष – माया चाम्लिङ राई
१०) सह कोषाध्यक्ष – तुला (सन्ध्या) राना मगर
११) सदस्य – हर्क मोक्तान
१२) सदस्य – रोसन राई
१३) सदस्य – भक्तराम सुनुवार
१४) सदस्य – सविन दुमी राई
१५) सदस्य – रन्जाना गुरुङ
१६) सदस्य – नानु माया राना मगर
१७) सदस्य – प्रदिप केरुङ लिम्बु
१८) सदस्य – डम्बर मोक्तान
१९) सदस्य – मोहन कुमार राई
२०) सदस्य – जुन याङदेम्बा नेम्बाङ
२१) सदस्य – आयुर घले
२२) सदस्य – रेश्मा लामा
२३) सदस्य – नगेन्द्र खजुम लिम्बु
२४) सदस्य – अरुण चाम्लिङ
२५) सदस्य – शान्ती सुनुवार
२६) सदस्य – बुम्बा लो तामाङ
२७) सदस्य – ईग खापुङ लिम्बु
२८) सदस्य – युवराज राई
२९) सदस्य – रबिना तुलाधर

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत तमाङले सवैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, शुभचिन्तक, संघ सस्थाहरु सबैलाई धन्यवाद आभार प्रकट गर्दै कार्यक्रम समापनको घोषणा गरेका थीए।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...