Thursday 23rd July 2026

लुम्बिनी समाजले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो


लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

अध्यक्ष नेत्र पेमी मगरको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका श्रम सहचारी हेम कुमार अधिकारीको प्रमुख आतिथ्यता, एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामाको विशेष आतिथ्यता ,अल मुजैनी एक्सचेन्जका प्रतिनिधी,जजिरा एयरलाइन्सको प्रतिनिधी,ऐमबासटर सुपरमार्केटका प्रतिनिधि तथा कुवेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुकाे आतिथ्यतामा तोकिएको समय ११ बजे भएपनि दिउँसो ३ बजेपछि शुरू भएको कार्यक्रम कार्यक्रम नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी , लुम्बिनी समाज नेपाल कुवेतका संरक्षक सुजन केसी र शंकर पौडेलले संयुक्तरूपमा संचालन गरेका थिए भने कार्यक्रममा राष्ट्रिय गानपछि सभापति प्रमुख अतिथि बिशेष अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो। सल्लाहकार राजु कार्कीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमलाई भब्य सफल पार्नको लागि कुवेतस्थित बिभिन्न व्यवसायिक प्रतिष्ठान, नेपाली संघ-संस्था तथा व्यक्ति बिशेषले सहयोग गरेका थिए भने भने अतिथि कलाकार प्रमुख अतिथिलाई बाहिर गेट बाट भित्र स्टेजसम्म आयोजक परिवार र राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिमले तामझामका साथ स्वागत गरेका थिए।

दर्शकहरूले भरिभराउ भएको हलमा नेपालबाट आएका लोकप्रिय गायक खेम सेन्चुरी र एलिना चाैहानले कार्यक्रम हलमा उपस्थित दर्शकहरुलाई उनीहरूका चर्चित गीतहरूमार्फत भरपुर मनोरञ्जन दिएका थिए भने मगर संघ तथा किरात राइ यायोक्खाले स्थानीय कलाकारहरूमार्फत उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई भब्य र सब्य बनाउन मुख्य स्पोन्सर विशेष योगदान गरेका ब्यक्तिहरु नेपालबाट पल्नु भएको अतिथी कलाकारलाई खादा/ दोसल्ला ओढाएर मायाको चिनो दिएर सम्मान गरिएको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिंदै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...