Saturday 16th May 2026

नेपाली दूतावास कुवेतकाे बाहिर पासपोर्ट नविकरण अनलाइन फारम भरे बापत बिचौलियाले लिने शुल्क कति?


कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या आएकाे छ भनेर दूतावासले स्वीकार गरेपनि समस्याको समाधान भने भएको छैन।

दैनिकरुपमा नेपाली दूतावास कुवेतमा पासपोर्ट नवीकरण गर्न अनलाइन फारम भर्न जानेको भिड देखिन्छ । राहदानी नविकरणको लागि अनलाइन फारम भर्न हामीलाई सम्पर्क गर्नुहोस् भनेर सामाजिक सञ्जालमा थुप्रै सूचनाहरु देखिन्छ । केही सिमित व्यक्तिहरुले फ्रिमा सेवा दिएकाे पनि देखेकाे छौं तर नेपाली दूतावास कुवेतको गेटैमा बसेर अनलाइन फारम भरे बापत् ५ के डि देखि १० के डी सम्म लिएकाे जनगुनासो आएपछि हामी स्थलगत निरिक्षण गर्न दुतावास पुग्यौं ।

दूतावास बाहिर गेटकै नजिक पुगेपछि एक दुई जना अपरिचित व्यक्तिलाई मेरो पासपोर्ट नविकरण गराउनु थियो, कसरी भर्ने हाेला? भनेर सोध्दा,एकजना अपरिचित व्यक्तिले भने सुरक्षा गार्ड बस्ने ठाउँ नजिकै टेबल छ। त्यहाँ गएर कुरा गर्नुु पासपोर्ट नविकरण अनलाइन भरिदिने व्यवस्था हुन्छ भन्ने कुरा गरे । नभन्दै सेक्युरिटी गार्डको नजिकै एउटा टेबुल राखेर सेवा दिन बसेका रहेछन् ।

बाहिरको यो गतिविधि देखेपछि पैसा लेनदेन हुने प्रष्ट देखियो । एक जना सँग ५ देखि १० केडी सम्म लिने रहेछन् । त्यसपछि एकजना पासपोर्ट नविकरण गर्न आएका सेवाग्राहीलाई सोधेका थियौं । तपाइको अनलाइन फारम भर्नु भयो भनेर सोध्दा सेवाग्राहीले जवाफ दिए मेरो काम भयाे भनेर हतार हतारमा आफ्नो बाटो लागे ।

के कुवेतमा भएको समाजसेवा यहि हाे त? एउटा अनलाइन फारम भर्दा समेत नेपालीहरुलाई ठग्ने अनि समाजसेवा रे ! याे कहिलेसम्म त? यस्ता गतिविधि गर्नेलाई नेपाली दूतावास कुवेतले कारवाही नै गर्नुपर्ने हुन्छ । याे घटनाकाे बारेमा नेपाली दुतावास कुवेतका कार्यवहाक राजदूत सुजनी रानालाई त्यतिखेर नै जानकारी गराइयो । कार्यवहाक राजदूतले दूतावासको बाहिर यस्ता गतिविधि गर्न नदिने र पासपोर्ट नविकरणमा कुनै समस्या भए दूतावासको कर्मचारीसँग सिधै सम्पर्क गर्न अनुरोध गरिएको छ ।

-पत्रकार हरि बानियाको स्थलगत रिपोर्ट जस्ताको तस्तै ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...