Thursday 1st October 2026

प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ


प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्।

दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर ठगी गर्ने गरेका थिए।

विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बर को स्कारपियो जीपसमेत लिई गई फरार रहेकोमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...