Tuesday 8th September 2026

तमू समाज कुवेतको “सातौ रक्तदान” कार्यक्रमको तयारी पुरा


‘रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउँदो २८ अप्रिल २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् ।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानवीय पुण्य कार्यमा सहभागी भै स्वईक्षीक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई समाजले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

रक्तदान कार्यक्रमलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुवेतले हार्दिक अनुरोध गरेको छ।

मिति : २८ अप्रिल २०२३ शुक्रबार
समय : दिनको ठिक ०२:०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...