Saturday 31st October 2026

नेपाली राजदूतावास कुवेतको कार्यवाहक राजदूतको जिम्मेवारी काउन्सिलर सुजनी रानाको काँधमा


नेपाली राजदूतावास कुवेतकी काउन्सिलर सुजनी रानाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् ।

चार वर्षे कार्यकाल पूरा गरि राजदूत दुर्गा प्रसाद भण्डारी स्वदेश फर्किसकेको र नेपाल सरकारबाट अर्को राजदूत सिफारिस भैई कुवेत नआउँदासम्म सुजनी रानाले दूतावास प्रमुखको रूपमा जिम्मेवारी निभाउने कुवेत स्थित नेपाली दूतावास स्रोतबाट बुझिएको छ।

यति बेला नेपाली दूतावास कुवेतमा सुजनी राना कार्यवाहक राजदूत तथा काउन्सिलर, प्रथम सचिव प्रेम राज गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, तृतीय सचिब रेवन्त बहादुर केसी, कुटनितिक सहचारी नवीन पराजुली, श्रम सहचारी हेमकुमार अधिकारी लगायत कार्यरत छ्न। बर्तमान सरकारले हालसम्म परराष्ट्रमन्त्री समेत नियुक्त नगरेकोले सायद रिक्त मुलुकहरूमा राजदुत सिफारिस हुन समेत ढिलाई भएकोछ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...