Saturday 10th October 2026

राष्ट्रपति पदका लागि कांग्रेसबाट पाैडेल र एमालेबाट नेम्वाङको उम्मेदवारी


राष्ट्रपति पदका नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसले पार्टीका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हो। एमालेले चाहिँ संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् भने नेम्वाङको पक्षमा एमालेका सांसदहरू प्रस्तावक र समर्थक रहेका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...