Saturday 10th October 2026

पक्राउ परेका साथीलाई बचाउन खोज्दा आफै जेलमा


तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन।

आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले  उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन।

प्रहरीहरु भिड नियन्त्रणमा व्यस्त रहेको मौकामा प्रहरी भ्यानको पछाडिको ढोका खोलेर गाडीबाटआफ्नो साथीलाई भगाउन मद्दत गरेकी  नेपाली महिला र अर्का एकजना पुरुष दुबैजनालाई  पक्राउ गरीअनुसन्धानका लागी सम्बन्धित निकायमा पठाएको र कानूनी कारबाई पछी दुबै जनालाई देश निकाला गरीने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...