Saturday 31st October 2026

पक्राउ परेका साथीलाई बचाउन खोज्दा आफै जेलमा


तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन।

आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले  उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन।

प्रहरीहरु भिड नियन्त्रणमा व्यस्त रहेको मौकामा प्रहरी भ्यानको पछाडिको ढोका खोलेर गाडीबाटआफ्नो साथीलाई भगाउन मद्दत गरेकी  नेपाली महिला र अर्का एकजना पुरुष दुबैजनालाई  पक्राउ गरीअनुसन्धानका लागी सम्बन्धित निकायमा पठाएको र कानूनी कारबाई पछी दुबै जनालाई देश निकाला गरीने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

समाचार प्रकाशनकै विषयलाई लिएर प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि शुक्रबार गरेको धरपकडको घटनाले देशभर बहस सिर्जना गरेको छ। सञ्चारगृहभित्रै प्रवेश गरेर…

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

प्रतिकृयाहरू
...