Saturday 10th October 2026

टर्कीमा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सयाैं मानिस हताहत


टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्।

सिरियाली स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको र भूकम्पमा परी २०० जना घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ।

सिरियन अमेरिकन मेडिकल सोसाइटी (साम्स) ले टर्कीसँग सीमा जोडिएको उत्तर-पूर्वी सिरियाका अस्पतालहरू “घायल मानिसहरूले भरिएको” बताएको छ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...