Thursday 20th August 2026

३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य


पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

-नेपालप्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...