Thursday 25th April 2024

तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार भब्य रुपमा मनायो


कुवेत – तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक शुक्रबारका दिन कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाएको छ । प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ” भन्ने मूल नाराका साथ स्थापना भएको तमु प्ये ल्हु संघ ले कुवेतमा रहेका तमु दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थितिका बिच तमु ल्होसार मनाएको हो ।

संस्थाका अध्यक्ष ईन्द्र तमूको सभाध्यक्षतामा सम्पन्न तमु ल्होसारमा आदिवासी जनजाती महासंघ कुवेतका माहसचिव मन्जित चाम्लिङ राईको प्रमुख अतिथि थिए । अतिथिहरुमा तमू समाजका अध्यक्ष राजु तमू, तमू समाज कुवेत वरिष्ट सल्लाहकारहरु अमर तमू, खोप तमू, पत्रकारमहासघका सचिब चन्द्र गोतामे, कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार,व्यवसायी लगायत उल्लेख्य संख्यामा कुवेतवासी नेपालीहरुको उपस्थिती रहेको थियो । नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गित बजाई मुर्त रुप दिईएको तमू ल्हाेसार कार्यक्रममा प्रमुख अतिथि, माहासचिब मन्जित चाम्लिङ राई, तमू समाजका अध्यक्ष राजु तमू, पत्रकार महासघ कुवेतका सचिव चन्द्र गोतामे लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

विशेष तमू (ह्युई ल्हो) ल्होसार कार्यक्रमलाई संस्थाको कलाकार अमन तमूले सञ्चालन गरेका थिए भने संस्थाको सल्ल्हाकार लील तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। तमु समुदायको संस्कार अनुसार पच्यु गुरुबाट पूजा पाठ गर्दै संयुक्त रुपमा रुपा (रिपा) मन्तर्दै तो ल्हो (बाघ) बर्गलाई बिदाई गर्दै ह्युई ल्हो (बिरालो) बर्गलाई स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गर्दै स्याइ स्याइ गरेका थिए । तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो ।

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम संस्थाको कलाकार भाई बहिनीहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो भने उपस्थित सम्पूर्ण पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको व्यवस्था गरिएको थियो ।
अन्त्यमा अध्यक्ष ईन्द्र तमूले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगीहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, पत्रकार तथा कार्यक्रममा उपस्थित सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...