Saturday 10th October 2026

एनआरएनए कुवेतले आगामी २३ डिसेम्बर २०२२ का दिन अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता आयोजना गर्ने


तीतोपाटी – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो लागिसकेको संघका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन् ।

नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा उक्त प्रतियोगिता आयोजना गरिने बताउँदै संयोजक ठकुरीले फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको रहरलाइ ध्यानमा राख्दै खेलकुद मैदानसम्म आउन र फर्कनको लागि बिभिन्न स्थानबाट यातायातको व्यवस्था पनि गर्न लागिएको बताए ।

खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि आगामी शुक्रबार टाइ-सीट तयार गरिने जनाउँदै प्रयोगितामा भाग लिन चाहने टिमहरूले शुक्रबारसम्ममा टिम दर्ता गराउन पनि संयोजक ठकुरीले सबै खेलकुद टिमहरूलाइ अनुरोध गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ ।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानविय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको भनेर NRNA NCC कुवेतका प्रवक्ता केशर घलानले जानकारी गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...