Wednesday 7th October 2026

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो ।

“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनारा का साथ गठन भइ कृयासिल रहेको यस संस्था “नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत” ले छैटाैं बार्षिक उत्सव तथा साङ्गितिक धमाका नेपालबाट अतिथी कलाकार सहित मनाउने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक मनिष के.सी ले जानकारी गराएका हुन् ।

नेपालबाट ल्याइने कलाकार तथा कार्यक्रम स्थलको बारेका छिट्टै नै सार्वजनिक सूचना तथा समाचारमार्फत जानकारी गराइने भन्दै कुवेतमा रहेका अन्य संघ संस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले विनम्र अनुरोध पनि गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...