Wednesday 2nd September 2026

तत्काललाई टुंगियो एनआरएनए कुवेत “समानान्तर” बिवाद (बिज्ञप्ति सहित)


तितोपाटी-कुवेतमा केहि दिन देखि निक्कै चर्चामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA-NCC समानान्तर विवाद  अन्त्यमा दुई पक्षिय छलफल पछि तत्कालका लागि टुंगिएको छ । यो  हप्ता  कुवेतमा पनि एनआरएनए  शेष घले समुहले छुट्टै  समिति  बनाएको  र त्यसको नेतृत्व  युवक राईले  गरेको समाचार  सामाजिक संजाल रंगिएको थियो । पछिल्लोपटक  केन्द्रमा तिन अध्यक्ष रहेको  एनआरएनए कुवेतमा रणध्वज लामाको नेतृत्वमा क्रियाशील रहेकोमा एकाएक युवक राईको नेतृत्वमा  घले समुहको नयाँ एनआरएनए कुवेतमा पनि  गठन भएको भन्दै  बधाई र शुभकामना सहित  सामाजिक संजाल तातेको थियो।

त्यसपछि दुवै  पक्षिय तारन्तारको प्रयास,  छलफल, भेटघाट पछि  शुक्रबार फर्वानिया पार्कमा  बर्तमान कुवेतको नेतृत्व गरिरहेका रणध्वज लामा र युवक राईले संयुक्त हस्ताक्षर् गर्दै  बिज्ञप्ति सार्वजनिक गरेका छन । जसमा भनिएको छ- एनआरएनए केन्द्र सम्बन्धि  बिबाद पररास्ट्र र  अदालतमा बिचारधीन रहेको हुदा तत्कालका लागि मौजुदा कार्य समितिलाई सबैले स्वीकार्ने गरि टुंगिएको छ ।

उक्त बिज्ञप्ति  हस्ताक्षर् सार्वजनिक  बखत एनआरएनए कुवेतका संरक्षक अर्जुन तामाङ्ग, मध्येपुर्व महिला संयोजक सुमित्रादेवी  पौडेल र सल्लाहाकारहरु लोमस बास्तोला, आनन्द आचार्य  र घले समुहका केन्द्रिय उपाध्यक्ष उमेश पुडासैनी सहितको उपस्थित रहेको बुझिएको छ

हेर्नुहोस दुई पक्षिय रणध्वज लामा र युवक राईद्वारा  हस्ताक्षरित्  सार्वजनिक बिज्ञप्ति 

May be an image of text

नेपाली श्रमिकहरुको अविभावक नेपाली दूतावास कुवैत , क्रीयाशिल विभिन्न संघ संस्थाहरु,पत्रकार महासंघ एवं सञ्चार गृहहरु साथै तमाम कुवेतमा श्रम गरिरहनुहुने दाजुभाइ तथा दिदिबहिनिहरु!
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA-NCC कुवैत को हकमा मौजुता कार्य समितिलाई नै सर्ब स्विकार्य गर्ने सर्व सम्मत निर्नय गर्दै कुवैतमा एउटा मात्रै राष्ट्रिय समन्वय परिषद NRNA-NCC रहेको सार्बजानिक निर्णय गरियो ।
बिस्तृतमा सार्बजानिक बिज्ञप्ति सहित ।
धन्यवाद सम्पुर्णमा 🙏
अध्यक्ष
रण ध्वज लामा
गैर आवासिय नेपाली संघ कुवेत।

केहिदिन पहिला एनआरएनए कुवेत गठन भएको भन्दै  युवक राईलाई दिइएको बधाई एबम शुभकामना 

May be an image of text 

केहिदिन पहिला एनआरएनए कुवेतका अध्यक्ष रण ध्वज लामा र महासचिब दिल कुमार पाख्रिनद्वारा जारी बिज्ञप्ति 

May be an image of text


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...