Monday 5th October 2026

शोभा आचार्य गौतमका चुनाव विशेष टुक्का कविताहरु


चुनाव विशेष टुक्का कविताहरू
१.
अायाे है लाै चुनाव घर दैलाे छायाे,
नेताको मन मुटु चिन्ताले सतायाे।
२.
चुनावको बेलामा जनताको घरमा,
अाखिरमा नेता नागरिकको भरमा।
३.
अब अति भयो, विकासका मूल फुटाउ,
राम्रो काम गर्नेहरू, सबैलाई जुटाउ ।
४.
जनता बिना अधुरो छाै देश अनि नेता,
जनता बुझि काम गर हेर यता तेता।
५.
अाल, टाल गरेर बित्यो छिटो पाँच वर्ष ,
असल नेता जिते देशमा अाँउछ हर्ष।
६.
सधैँ नेता जनतालाई आशा देखाई राख्छौं कति
आफ्नो देशकाे कर्तव्यबाट किन सधैँ भाग्छाै अति।

✍️ शाेभा अाचार्य गाैतम
काठमाडौ


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...