Monday 5th October 2026

रवीन्द्रनाथ पोखरेलका तिहार विशेष सुन्दर जुनेलीहरू


(१)
तिहार
पर्व
नेपाली
गर्व।
(२)
लक्ष्मीको
श्रद्धा
सद्भाव
छर्दा।
(३)
कामना
बाड्दै
भावना
साट्दै।
(४)
सन्तान
सृष्टि
अमृत
वृष्टि।
(५)
उज्यालो
चाड
हर्षको
बाढ।
(६)
दिदी र
भाइ
मिलेर
गाइ।
(७)
निधार
थापी
चन्दन
छापी।
(८)
कोसेली
दिने
आशिष
लिने।
(९)
चलन
कस्तो
मिलाप
यस्तो।
(१०)
नमन
गरि
भेटौला
फेरी।
रवीन्द्रनाथ पोखरेल
देवचुली,नगर पालिका
नवलपरासी,नेपाल


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...