Wednesday 24th April 2024

कुवेतमा एक सातामा १८४२ दुर्घटना


यो डरलाग्दो आकडा कुवेत अप टु डेट ले प्रकाशित गरेको छ । गत सेप्टेम्बर २४ देखि ३० अर्थात एक सातामा १८४२ सवारी दुर्घटना हुनु सामान्य कुरा हैन । ट्राफिक प्रहरी कारबाहीको संख्या हेर्ने हो भने तपाईलाई अचम्म लाग्न सक्छ किनभने यस वर्ष प्रहरीले २६ हजार १ सय ७३ जना सवारी चालकहरुलाई कारबाही स्वरुप जरिवाना पनि गरेको छ र ४३ सवारी साधन र ७९ वटा मोटर साईकल जफत समेत गरेको छ ।

अझ अचम्म के भने लाईसेन्स लिने उमेर नपुगेका ३२ जना नाबालिकलाई यसविच सवारी चलाए बापत पक्राउ समेत गरेको छ । फेरी पनि त्यति ठुलो संख्यामा सवारी दुर्घटनाले पनि यहाँ रहेको सवारी संख्याको चापलाई नै मुख्य कारण मान्न पर्दछ । सडकको क्षमता भन्दा धेरै सवारी साधन कुवेतमा दर्ता छन । यसलाई न्युनिकरण गर्नका लागि लाईसेन्समा समेत यहाँको सरकारले धेरै कडाई गरेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...