Tuesday 23rd April 2024

लघुकथाः खुसीको दसैं -नारायण कोइराला


यत्रो बोको काटेपछि त गाउँभरिका सबैलाई पुग्नेभयो भनेर हल्ला चल्यो।बोको काट्न गाउँभरिका मानिस जम्मा भए।सबैको हातमा मासु लान थैला थिए।

गाउँमा हल्ला भएपछि भुन्टे र पुन्टे पनि त्यतैतिर गए। उनीहरुको हात भने खाली थियो।सबैजना आ – आफ्नो थैलामा मासु राखेर भुटुवा खान थाले।यिनीहरू पनि आएछन् भन्दै आउटै दुनामा भुटुवा दिए।दुवैजना भुटुवा लिएर घरतिर दौडिए।

ओछ्यानमा लम्पसार परेकी आमाको सम्मुन्ने भुटुवा राख्दै गर्दा आमा,भुन्टे र पुन्टेको आँखाबाट आँसु बर्सिए।कसैको मुखबाट आवाज आएन।ढोकाको अगाडि भने बोको पाल्ने गाउँका साहिँला बा उभिएका थिए।त्यो दृश्य देखेर साहिँलाबाका आँखा पनि रसाए।

साँझ चुलोमा भुन्टे र पुन्टे फर्सीको तरकारी पकाउँदै थिए।एक्कासी साहिँला बालाई देखेर झस्किए। साहिँलाबाले आफुसंग ल्याएको भाँडो खोल्नु भयो।त्यस भित्र भुन्टे र पुन्टेको खुसीको दसैँ थियो।
कारण,दिउँसो काटिएको बोकाको मासु र भात।

तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...