Tuesday 15th September 2026

कविताः दुर्गा ! म तिम्रो बनें (शार्दूलविक्रीडित छन्द) -दुर्गा निराैला


दुर्गा दर्शनबाट आज कविको उत्साहको थालनी
पाएको करुणा छु दीप्त सुखको साहित्य उच्छाल नि
लेख्ने ग्रन्थ महत्वमा शशिकला बन्ने भए नायिका
लेखौंला शुभ गीत प्रेमरसका साँच्चै बने गायिका ।।१।।

आजैबाट हुनेछ भिन्न अानन्द यो सत्कार गर्छौ भने
आँखामा ममता उजागर गरी संस्कार भर्छौ भने
के के छन् मनका भने सब कुरा औतार हौ मोहिनी
सेना बन्छ तयार शब्द बलले नौलाख अक्षौहिणी ।।२।।

गर्ने पूजन प्रेम याग सजिलो बन्नेछ सर्वोत्तम
हान्दा चड्कन गालमा दिनदिनै पार्दै गयौ रन्थन
तिम्रो ध्यान गरेर बस्छु तपमा आदेशको माफिक
चोखो प्रेम चढाउनेछु पदमा नाचेर सर्वाधिक ।।३।।

गर्छौ पालन प्रेमले अचम यो पाल्नेछु भन्छौ भने
त्यागी लाज सबै म हाजिर बनें माया अँगाल्छौ भने
तान्दा चुम्बकले फलाम जसरी घस्रेर आयौ भने
सच्चा बन्धन प्रेम भित्र म पसेँ साँच्चै रमायौ भने।।४।।

लेख्ने हो अब प्रेमपत्र रसिलो ढाँचा सिकायौ भने
देख्ने हो परिवार भित्र अब छौ इच्छा टिकायौ भने
भन्ने के र बढी छ सोच क्षमता माला भिरायौ भने
भन्दा हुन्छ भने म भन्छु अहिले दुर्गा म तिम्रो बनें।।५।।

🙏🙏🙏🙏दुर्गा निराैला


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...