Tuesday 16th April 2024

समस्याले भरिएको मेरो देश


बसन्त थापा

तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो।

आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक बनेकोछ ।

साम्प्रदायिकताले नेपालको नागरिक भएर बाँच्न पाउने अधिकार खोसिरहेको छ । उद्योगको क्षेत्रमा आत्मनिर्भरता र सुस्वशनका लागिवैदेशिक सहयोगको खाँचो छ । नेपालको सबैभन्दा ठूलो समस्या भनेको अस्थिर केन्द्रीय सरकार हो । आम निर्वाचनमा कुनै पनि राष्ट्रियदलले बहुमत नपाउनु दुर्भाग्यपूर्ण हो । यसको कारण अल्पसंख्यक-सरकारले बलियो मनोबलका साथ देशका समस्यालाई सम्बोधन गरीविकास र समृद्धितर्फ अघि बढ्न सकेको छैन। सरकारबाट नै विभिन्न किसिमका समस्याहरु दिनप्रतिदिन बढ्दै गएका छन । देशमारोजगारीको अभाव बढ्दै गएको छ । अहिले देशमा बेरोजगारको संख्या बढ्दै गएको छ ।

आर्थिक समस्याले जनतालाई थप समस्यामा पारेको छ । अहिले देश विदेशी मुलुकको अर्बौं रुपैयाँको ऋणी बनेको छ । मुद्रास्फीतिदिनानुदिन बढ्दै गएको छ, जसले मध्यम वर्गको जीवन कष्टकर बनाएको छ । देशका धनी वर्ग आफ्नो सम्पत्ति विदेशमा राखेर नेपालकोआर्थिक मेरुदण्ड तोड्न लागेका छन् । ठूला आर्थिक घोटालाले देशको आर्थिक आधार नै हल्लाएको छ ।

नेताहरुको कालो धनले गर्दा देशको इज्जतलाई नै अन्धकार बनाएको छ । सार्वजनिक क्षेत्रका उद्योगहरूले लगातार करोडौं रुपैयाँ घाटादिई आर्थिक अवस्था जटिल बनाउन खोजिरहेका छन् । अर्कोतर्फ देशको कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात् करिब ५० लाखमानिस गरिबीको रेखामुनि रहेका छन् ।

राजनीतिक समस्याले देशको चित्र र चरित्रमाथि प्रश्न खडा गरेको छ । चरित्रहीन राजनीतिले देशलाई दयानीय बनाउन कुनै कसर बाँकीराखेको छैन । अपराधीको राजनीतिकरणले देशमा ‘चरित्र’को व्याख्या नै परिवर्तन गरेको छ । संविधानमा जातीय, सम्प्रदाय, वर्ग विशेष, प्रदेश विशेषको अधिकार र संरक्षणवादले विभाजन र भेदभावको राक्षस सिर्जना गरेको छ । एकातिर नेताहरूले लोकतन्त्रको नारा लगाईरहदा अर्कोंतिर तानाशाह भन्दा कम व्यवहार गरेका छैनन । भ्रष्ट र राष्ट्रविरोधी तत्वले राजनीतिक क्षेत्रमा संरक्षण पाइरहेका छन् ।त्यसैले आज देशमा राजनीतिक समस्याको समाधान छैन । जनताले कुन राजनीतिक दललाई विश्वास गर्ने भन्ने कुरा बुझ्नै सकेकाछैनन।

म र म जस्ता जनाताले बुझे अनुसार नेपालको सबैभन्दा ठूलो समस्या भनेको नोकरशाहीको सक्रियता बढ़ेको छ । सरकारी कर्मचारीजुनसुकै पदमा रहे पनि काम छिटो र सहज रूपमा सम्पन्न गरिनु पर्छ भन्दा भ्रष्टाचारीमा लिप्त कर्मचारी नै खुसी छैनन् । फलस्वरूपमुलुकको सुगम प्रगतिलाई रोकेर कार्यपालिका सुस्त गतिमा चलिरहेको छ । माथिबाट भएको भ्रष्टाचारले कार्यपालिकालाई मौन बस्नबाध्य बनाएको छ  जसका कारण राष्ट्रको सुरक्षा र विकासमा प्रश्नै प्रश्नहरुले तेर्सिएका छन् ।

देशमा धेरै सामाजिक समस्याहरु पनि बढिरहेका छन् । उच निचको भेदभावले सिंगो समाजलाई कमजोर बनाएको छ । महिलामाथि हुनेशोषण, उत्पीडन र बलात्कारले देशलाई कलंकित बनाएको छ । समाजबाट आत्मीयताको भावना हराउँदै गएको छ । छोरामा व्यक्तिगतसुख र भोगको प्रवृत्ति बढ्दै गएको छ । व्यक्तिगत अहंकारले पारिवारिक जीवनलाई ध्वस्त पारेको छ। संवेदनशीलता समाजमा समस्याबनेको छ । मादक पदार्थको प्रयोगमा आजको युवा आत्मविस्तार हुँदै गएको छ । शरीरमा यातना दिईरहेका छन् । आत्महत्याबाट युवापुस्तालाई जोगाउन नसकिने समस्याले ठूलो र विपत्तितर्फ धकेलिरहेको छ । युवा पुस्ताको यो बर्बादीले राष्ट्रलाई नै नष्ट गर्न खोजेको छ।

बाहिरी हस्तक्षेप पनि देशको लागी ठुलो समस्या देखिएको छ किनभने, विदेशी पुँजी र प्रविधिले नेपाली उद्योगलाई अधीनताको फलामेपालुवामा राखेको छ । आज विदेशी पुँजी र प्रविधिले नेपालमा विदेशी बहुउद्देश्यीय कम्पनीहरूले साम्राज्य स्थापना गरेको छन।नेपालका घरेलु उद्योग र साना उद्योगहरू मरिरहेका छन् र औद्योगिक समूहहरूको आर्थिक अवस्था दयनीय छ।

अहिले नेपाल धेरै समस्याहरूको घर बनिसकेको छ। देश दुखित र पिडित समस्याले घेरिएको छ। यसको कारण समस्याको उचितपहिचान र नियन्त्रण नहुनु र राजनीतिक दलहरू मुठीभर राजनीतिज्ञको गलत इसारामा चल्नु नै हो । आज नेपालमा समस्या दिनानुदिनबढ्दै गएको छ, यही कारण हो कि देशका नागरिकले आफ्नो देशमा असुरक्षित महसुस गरिरहेका छन् । हरेक दिन नयाँ समस्याउनीहरूको ढोकामा आउँछ जसले उनीहरुलाई कमजोर बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद…

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

प्रतिकृयाहरू
...