Friday 26th April 2024

कुवेतको भिसामा थप कडाइ,छ महिना भित्र कुवेत नफर्किए भिसा रद्द हुने


तोपाटी- कुवेतको आन्तरिक मन्त्रालयले छ महीना भन्दा बढ़ी कुवेत बाहिर रहेका आप्रवासीहरुको भिसा रद्द हुने जानकारी गराएको छ।

२०२२ को गत मे १, तारिक देखी कुवेत बाहिर रहेका आप्रवासीहरुले आफ्नो भिसा रद्द नहोस भन्ने चाहाना भएमा आगामी नोभेम्बर एक तारिक भित्रमा कुवेत प्रवेश गरीसक्नु पर्ने बताउदै उक्त नियम लागु गरेको छ।

गत वर्ष कोरोना महामारीको कारण मानवीय दृष्टिकोणबाट आप्रवासीहरूलाई कुवेत बाहिर बस्न र आफ्नो भिसा अनलाइन नवीकरण गर्न सकिने नियम संगै समयमा पुन कुवेत फर्किन सम्भव नहुने भएकोले छ महीना भन्दा कुवेत बाहिर बसोबास गर्न अनुमति दिइएको थियो।  तर उक्त निर्णयलाई पुन सच्याउदै कुवेत सरकारले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न नपाउने बताएको छ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...