Thursday 25th April 2024

ताइवान विवाद र युक्रेन काण्डमा ट्रम्पको पार्टी धेरै परिपक्क


डा. अम्बरिश पोख्रेल – हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए ।

विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार हालको जोन वाईडेन वा उनको पार्टीे वा सरकार भन्दा बढी परिपक्क र जिम्मेबार रहेछ ।

हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। उनले युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए।

स्मरणीय कुरा के छ भने, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ ।

ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो तर विश्वव्यापी रूपमा उनी वा उनको पार्टीको विश्व कुटनीतिमा बढी जिम्मेबार र परिपक्क नीति अगाल्न खोज्ने देखिन्छ जुन बाँकी विश्वको लागि राम्रो कुरा हो। हामीले हेर्ने वा व्यहोर्ने भनेको यही पछिल्लो ५ न. बुँदा हो ।

घरेलु नीतिको प्रतिबिम्ब कुटनीति वा बिदेश नीतिमा देखा पर्ने हुन्छ । घरेलु रूपमा डोनाल्ड ट्रम्प चुनाव हार्दै गर्दा, हालको अर्को पार्टीको सरकार बन्यो, जसको कारण विश्वमा नयाँ नयाँ काण्ड सतहमा आएको देखिन्छ ।

अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...