Thursday 6th August 2026

एनआरएनए कुवेत र मेडेक्स मेडिकल केयरको सहकार्यमा यहि अगष्ट ५ तारिक निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र MedX Medical Care को सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आगामी ५ अगस्तका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयर संग सहकार्य गर्दै कुवेतभित्र कार्यरत नेपालीहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको लागि मेडेक्स संग अनुरोध गरेको र मेडेक्स मेडिकल केयरले उक्त अनुरोधलाइ स्वीकार्दै मेडिकलको समय अनुकुल यहि अगष्ट ५ तारिक शुक्रबारका दिन बिहान १० बजे देखि सम्पुर्ण नेपालीहरु सहभागी हुन मिल्ने गरि स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन।

NRNA ले गत जनवरीमा पनि सोही हस्पिटलसंग निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ। उक्त सम्पन्न शिविरमा वैधानिक र अवैधानिक दुवै हैसियतमा कुवेतमा बसोबास गर्दै श्रम गरिरहेका झन्डै ६ सय नेपालीहरुले निःशुल्क स्वास्थ्य लाभ लिएका थिए।

यसपटक पनि NRNA कुवेतले मेडेक्स संगको सहकार्यमा धेरै भन्दा धेरै नेपालीहरुले स्वास्थ्य चेक जाँच गरि मौकाको फाइदा उठाउन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अनुरोध गरेको छ। पछिल्लो समय कुवेतमा नेपाली कामदारहरुको मृत्युदरलाइ ध्यानमा राख्दै समय समयमा हामीले आफ्नो स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश छोड्ने उदेश्यले पुन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको NRNA का प्रवक्ता केशर घलानले बताएका छन।

यसपटकको निःशुल्क स्वास्थ्य शिविर र न्यून तलवमा काम गर्ने नेपालीहरुको सुविधाका लागि अत्यन्तै न्यून दरमा पनि चेकजाँच गराउन सकिने गरि दुई ओटा फरक फरक प्याकेज निर्माण गरिएको छ।

निशुल्क रुपमा Total cholesterol, Blood pressure, Blood sugar test, SPO2 (अक्सिजनको मात्र) र GP Doctor consultation गराउन सकिनेछ। यसपटकको स्वास्थ्य शिविरमा पनि पहिले जस्तै लिगल इल्लिगल सबैले स्वास्थ्य लाभ लिन सक्नेछन तर इल्लिगल कामदारहरूले पासपोर्टको कपि अथवा म्याद सकिएकै भए पनि सिभिल आइडिको कपि वा त्यसको फोटो भने रेकर्डको लागि उपलब्ध गराउनु पर्ने छ।

यी बाहेक स्वैच्छिक रुपमा कसैले यदि गराउन चाहेको खन्डमा CBC, COMPLETE URIN ANALYSIS, FASTING BLOOD SUGAR, TOTAL CHOLOSTEROL, ALT-SGPT (किड्नी र लिभर सम्बन्धी), CREATININE, URIC ACID, THS (थाइरोइड), ECG, X-RAY र GP DOCTOR CONSULTATION गरि जम्मा १५ केडिको प्याकेज रहेको छ। साथै चेकजाँच गर्दा कुनै औषधि खरिद गर्नुपरेमा मेडेक्स फार्मेसिले ५% छुटको व्यवस्था समेत गराएको छ।

यउ पटकको स्वास्थ्य शिविरमा सहभागी हुनेहरुले मेडेक्स मेडिकलबाट प्रीभिलेज कार्ड समेत प्राप्त गर्नेछन जसले भविष्यमा स्वास्थ्य चेकजाँच तथा उपचारमा २०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ। थप जानकारिका लागि NRNA महासचिव दिल कुमार पाख्रीनलाइ ९७५५७३१३ मा र अध्यक्ष रणध्वोज लामालाइ ६७७२६४०५ मा सिधा वा whatsApp मा सम्पर्क गर्न सकिनेछ।

निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी विवरणः

लोकेशन: ब्लक-८ स्ट्रीट-१०९ अलि अल्घानिम रोड फाहाहिल ।
समय: बिहान १० बजेदेखि ।
मिति: ५ अगस्ट, २०२२ शुक्रबार ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...