Friday 20th November 2026

कोसेली समूह पुनर्गठन, अध्यक्षमा लोमस बास्तोला


तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई सम्मान सहित बिदाई गरेको छ।

केही महिना अघि सम्पन्न एनआरएनए राष्ट्रिय महाधिवेशनबाट मध्येपुर्व उप सम्योजक चयन भएका अमित चाम्लिङ राईलाई समेत सम्मान गरेको छ। निबर्तमान अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा, महासचिव मित्रभक्त आचार्यको संचालनमा सम्पन्न भेलामा सल्लाहकार शिव कोईराला, संरक्षक सुजन केसी, तोया दाहाल, मध्येपुर्व उपसम्योजक अमित राई र बिदाई भएर जानलाग्नु भएका ईन्द्र प्रसाद पोख्रेल लगायतले आफ्नो भनाई राख्नु भएको थियो। कुवेतमा लामो समय देखि अनलाइन र छापा पत्रीका समेत प्रकासनमा ल्याएको कोसेली समूह (तितोपाटी) सूचना बिभागमा समेत दर्ता भैइसकेको छ।  छापा पत्रिका प्रकासन भने तत्कालका लागि स्थगित गरिएको छ ।

No description available.

पुनर्गठित कार्य समिती यस प्रकार रहेको छ।
अध्यक्ष-लोमस बास्तोला
उपाध्यक्ष-जीवन सुनार
उपाध्यक्ष-राजन श्रेष्ठ
महासचिव-मित्रभक्त आचार्य
सचिव-गुलाम नबी मन्सुर
कोसाध्यक्ष-राजु कार्की
सदस्य-बिमला पन्डित
सदस्य-बेदनाथ हुमागाई
सदस्य-शान्ती राई
आर्थिक बिभाग प्रमुख-नबराज पन्थी
मिडिया प्रमुख-तोयानाथ दाहाल
प्रबन्ध निर्देशक-आनन्द आचार्य
सल्लाहकार-शिव कोईराला
सल्लाहकार-ईन्द्र प्रसाद पोख्रेल
संरक्षक-सुजन केसी
संरक्षक-मनु मगर
संरक्षक-तोयानाथ दाहाल


सम्बन्धित शीर्षकहरु

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत सरकारले पाँचवटा स्थानीय तहलाई भूमिहीन समस्यामुक्त पालिका…

१८ नोभेम्बर २०२६ | मध्यपूर्व / मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण…

-गोबिन्द राज ओझा (राजन ) अनन्त आकाशबीच चम्किने ताराका ज्योति हौँ हामी सबै, प्रकृतिका कणकणभित्र लुकेको चेतनाका मोती हौँ हामी…

प्रतिकृयाहरू
...