Friday 17th July 2026

हिमालय एयरको कुवेत यात्रा सफल होला ?


तोयानाथ उपेक्षित, तीतोपाटी/हिमालय एयरले कुवेतबाट काठमाण्डौको सिधा उडान यहि जुलाई १५ बाट गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली राजदुतावास कुवेतले गरेको सार्वजनिक सूचनामा उक्त एयरको जहाजले कुवेतबाट यात्रु लिएर जुलाई १६ का दिन काठमाण्डौका लागि प्रस्थान गर्ने छ ।

सन २०१४ मा फन्डिंग भएर सन २०१६ मा हिमालयले एउटा जहाजबाट आफ्नो सेवा लन्च गरेको थियो भने सन २०२२ बाट यसले एसियन राष्ट्र लगायत का ८ वटा गन्तव्यमा उडान गर्दै आएको छ । नेपालको यति ग्रुप र तिव्वत एयरलाईन्सको संयुक्त लगानीमा संञ्चालित यस जहाजमा १८० वटा यात्रु सिट छन जसमा कुनै पनि सिट विज्नेस क्लासका छैनन । यसले युएई, कतार, साउदी, मलेशिया, बंगलादेश, चीन लगायतका ठाउँहरुमा उडान भर्दै आएको छ । हिमालय एयरसँग अर्को १५० सिट क्षमताको जहाज पनि छ जसमा ८ वटा विज्नेस क्लासका सिट छन । यो नेपाल बेस भएको प्राईभेट एयरलाईन्स कम्पनी हो । अल जजिरा पनि कुवेत वेस भएको प्राईभेट कम्पनी हो ।

नेपाल सरकारको स्वमित्वमा रहेको नेपाल बायु सेवा निगम भने टाट पल्टिएको अवस्थामा छ । आज भन्दा ६५ बर्ष पहिले अर्थात सन १९५८ मा शाही नेपाल बायुसेवा निगमको नामबाट सञ्चालित जहाज बहुदल आएसँगै आफ्ना कार्यकर्ता पोस्ने सँस्थान बनाएर सिद्धयाएको अवस्था छ । जसले अहिले सिमित स्थानमा त्यो पनि डोमेस्टिक फलाईट मात्र गरिरहेको छ । यसरी नै युरोपियन युनियनले उसको आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध लगाएको छ । नेपाल बायु सेवा निगमका ठुला र साना गरि सिमित जहाज भए पनि त्यसमा काम गर्ने कर्मचारीको संख्या भने असिमीत जस्तै थियो । जति बेला १४०० कर्मचारी कार्यरत थिए । आज भोलीको अवस्था के छ भनेर एकिन साथ भन्न सकिने अवस्था छैन ।

कुवेतबाट नेपालका लागि सिधा उडान नभएको र यहाँ कार्यरत नेपालीहरुले माग गरिरहेको अवस्थामा वातानिया एयरवेजले एकताका आफनो सेवा शुरु गरर्यो तर त्यो लामो समय टिक्न सकेन । उक्त जहाज कम्पनीको बेस पनि कुवेत नै थियो । त्यस पछि अल जजिराले नेपालमा सिधा उडान शुरु गर्यो । अलजजिराले सिजनमा दैनिक २ वटा सम्म जहाज नेपाल स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उतार्यो । अहिले उही जजिराले भैरबहा विमानस्थलबाट पनि कुवेतको लागि सेवा सञ्चालन गरिरहेको छ । काठमाण्डौ र भैरवहा गरी नेपालका दुई स्थानमा उडान गर्ने यहि मात्र एक पहिलो अन्तराष्ट्रिय विमान कम्पनी हो ।

त्यसो त कुवेतबाट फलाई दुवई, कतार एयरवेज, एयर अरेविया, सलाम एयर लगायतले विभिन्न देशमा ट्रान्जिट गरेर उडान गर्दै आएका छन । यसै बीच अहिले कुवेतका लागि सिधा उडान गर्न हिमालय एयरवेज तम्सिएको छ । यसको सेवा कति भरपर्दो हुन्छ त्यो त हेर्नै पर्ने हुन्छ साथै यसले जजिरालाई टिकट मुल्यमा पनि टक्कर दिन पर्ने चुनौति छ । एउटा मात्र जहाज भएको र ग्राउण्डेड हुने अवस्थामा अर्को जहाजले रिप्लेस गर्ने अवस्था नरहेकाले हिमालयको सेवाको निरन्तरतामा शंका गर्न सकिन्छ । यात्रुका लागि सेवा, सुलभता र सुविधा मुख्य रोजाईको विषय हुने भएकाले हिमालय टेस्ट हुन बाकी नै छ । जजिराले खाडीका विभिन्न देशबाट नेपाल जाने यात्रुलाई कुवेत ल्याएर यहाँबाट सिधा नेपाल लाने भएकाले विजनेस उसले राम्रै गरेको देखिन्छ तर यो अप्सन हिमालय सँग छैन । उसले सधै जहाजभरी यात्रु पाउछ नै भन्न सकिन्न ।

कुवेतबाट नेपाल जादा जजिरालाई प्रतिस्थापन गर्न हिमालयले निक्कै चुनौतिको सामना गर्न पर्ने हुन्छ । नेपाल जाने यात्रुका रुपमा कुवेतबाट पर्यटकहरु बढाउन सक्ने हो र ट्रेड पनि शुरु गर्ने हो भने दुई वटा जहाज चल्दै नचल्ने भने होईन । तर नेपाल कुवेत दाैत्य सम्बन्धका ५० बर्षमा यो काम हुन सकेको छैन । नेपाली दुतावास कुवेतमा स्थापना भएको पनि १२ बर्ष वित्यो तर नेपाली मजदुरहरुको सहजीकरण गर्ने भन्दा अरु काम दुतावासले पनि गर्न सकेन । खाडीका अन्य देशको तुलनामा कुवेतमा नेपालीहरुको संख्या पनि थोरै भएकाले यहि मजदुरको मात्र भरमा हिमालयले नियमित सेवा सञ्चालन गर्छ भनेर पत्याउन गाहो छ ।


सम्बन्धित शीर्षकहरु

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

प्रतिकृयाहरू
...