Saturday 20th April 2024

हिमालय एयरको कुवेत यात्रा सफल होला ?


तोयानाथ उपेक्षित, तीतोपाटी/हिमालय एयरले कुवेतबाट काठमाण्डौको सिधा उडान यहि जुलाई १५ बाट गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली राजदुतावास कुवेतले गरेको सार्वजनिक सूचनामा उक्त एयरको जहाजले कुवेतबाट यात्रु लिएर जुलाई १६ का दिन काठमाण्डौका लागि प्रस्थान गर्ने छ ।

सन २०१४ मा फन्डिंग भएर सन २०१६ मा हिमालयले एउटा जहाजबाट आफ्नो सेवा लन्च गरेको थियो भने सन २०२२ बाट यसले एसियन राष्ट्र लगायत का ८ वटा गन्तव्यमा उडान गर्दै आएको छ । नेपालको यति ग्रुप र तिव्वत एयरलाईन्सको संयुक्त लगानीमा संञ्चालित यस जहाजमा १८० वटा यात्रु सिट छन जसमा कुनै पनि सिट विज्नेस क्लासका छैनन । यसले युएई, कतार, साउदी, मलेशिया, बंगलादेश, चीन लगायतका ठाउँहरुमा उडान भर्दै आएको छ । हिमालय एयरसँग अर्को १५० सिट क्षमताको जहाज पनि छ जसमा ८ वटा विज्नेस क्लासका सिट छन । यो नेपाल बेस भएको प्राईभेट एयरलाईन्स कम्पनी हो । अल जजिरा पनि कुवेत वेस भएको प्राईभेट कम्पनी हो ।

नेपाल सरकारको स्वमित्वमा रहेको नेपाल बायु सेवा निगम भने टाट पल्टिएको अवस्थामा छ । आज भन्दा ६५ बर्ष पहिले अर्थात सन १९५८ मा शाही नेपाल बायुसेवा निगमको नामबाट सञ्चालित जहाज बहुदल आएसँगै आफ्ना कार्यकर्ता पोस्ने सँस्थान बनाएर सिद्धयाएको अवस्था छ । जसले अहिले सिमित स्थानमा त्यो पनि डोमेस्टिक फलाईट मात्र गरिरहेको छ । यसरी नै युरोपियन युनियनले उसको आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध लगाएको छ । नेपाल बायु सेवा निगमका ठुला र साना गरि सिमित जहाज भए पनि त्यसमा काम गर्ने कर्मचारीको संख्या भने असिमीत जस्तै थियो । जति बेला १४०० कर्मचारी कार्यरत थिए । आज भोलीको अवस्था के छ भनेर एकिन साथ भन्न सकिने अवस्था छैन ।

कुवेतबाट नेपालका लागि सिधा उडान नभएको र यहाँ कार्यरत नेपालीहरुले माग गरिरहेको अवस्थामा वातानिया एयरवेजले एकताका आफनो सेवा शुरु गरर्यो तर त्यो लामो समय टिक्न सकेन । उक्त जहाज कम्पनीको बेस पनि कुवेत नै थियो । त्यस पछि अल जजिराले नेपालमा सिधा उडान शुरु गर्यो । अलजजिराले सिजनमा दैनिक २ वटा सम्म जहाज नेपाल स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उतार्यो । अहिले उही जजिराले भैरबहा विमानस्थलबाट पनि कुवेतको लागि सेवा सञ्चालन गरिरहेको छ । काठमाण्डौ र भैरवहा गरी नेपालका दुई स्थानमा उडान गर्ने यहि मात्र एक पहिलो अन्तराष्ट्रिय विमान कम्पनी हो ।

त्यसो त कुवेतबाट फलाई दुवई, कतार एयरवेज, एयर अरेविया, सलाम एयर लगायतले विभिन्न देशमा ट्रान्जिट गरेर उडान गर्दै आएका छन । यसै बीच अहिले कुवेतका लागि सिधा उडान गर्न हिमालय एयरवेज तम्सिएको छ । यसको सेवा कति भरपर्दो हुन्छ त्यो त हेर्नै पर्ने हुन्छ साथै यसले जजिरालाई टिकट मुल्यमा पनि टक्कर दिन पर्ने चुनौति छ । एउटा मात्र जहाज भएको र ग्राउण्डेड हुने अवस्थामा अर्को जहाजले रिप्लेस गर्ने अवस्था नरहेकाले हिमालयको सेवाको निरन्तरतामा शंका गर्न सकिन्छ । यात्रुका लागि सेवा, सुलभता र सुविधा मुख्य रोजाईको विषय हुने भएकाले हिमालय टेस्ट हुन बाकी नै छ । जजिराले खाडीका विभिन्न देशबाट नेपाल जाने यात्रुलाई कुवेत ल्याएर यहाँबाट सिधा नेपाल लाने भएकाले विजनेस उसले राम्रै गरेको देखिन्छ तर यो अप्सन हिमालय सँग छैन । उसले सधै जहाजभरी यात्रु पाउछ नै भन्न सकिन्न ।

कुवेतबाट नेपाल जादा जजिरालाई प्रतिस्थापन गर्न हिमालयले निक्कै चुनौतिको सामना गर्न पर्ने हुन्छ । नेपाल जाने यात्रुका रुपमा कुवेतबाट पर्यटकहरु बढाउन सक्ने हो र ट्रेड पनि शुरु गर्ने हो भने दुई वटा जहाज चल्दै नचल्ने भने होईन । तर नेपाल कुवेत दाैत्य सम्बन्धका ५० बर्षमा यो काम हुन सकेको छैन । नेपाली दुतावास कुवेतमा स्थापना भएको पनि १२ बर्ष वित्यो तर नेपाली मजदुरहरुको सहजीकरण गर्ने भन्दा अरु काम दुतावासले पनि गर्न सकेन । खाडीका अन्य देशको तुलनामा कुवेतमा नेपालीहरुको संख्या पनि थोरै भएकाले यहि मजदुरको मात्र भरमा हिमालयले नियमित सेवा सञ्चालन गर्छ भनेर पत्याउन गाहो छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...