Wednesday 21st January 2026

टुक्काकार सरस्वती श्रेष्ठका असार सम्बन्धी टुक्का कविताहरू


१.
छुपुमा छुपु रोपेर धान असार मासमा
बाउसे दाजु बाउसे गर्दै त्यो हिलो भाषमा ।
२.
बिहानै उठी आँगन दलान माटोले पोतेको
हो हो रे हो हो भनेर गोरु हिलोमा जोतेको ।
३.
वर्षात को बेला पानी परेर झरी नै परेकाे
मानो खाई मुरी उब्जाउने तिर्सना मरेकाे ।
४.
असारे बेला परेकाे झरी रमाइलो लाग्दछ
लहलह बीउ हरियो देख्दा आलस्य भाग्दछ।
५.
खेतका गरा टम्म भरियो रात दिन को पानीले
हार गावा मिलाई रोपेको हेर ती सानी नानीले।

✍️ सरस्वती श्रेष्ठ
इटहरी


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...