Sunday 29th March 2026

टुक्काकार सरस्वती श्रेष्ठका असार सम्बन्धी टुक्का कविताहरू


१.
छुपुमा छुपु रोपेर धान असार मासमा
बाउसे दाजु बाउसे गर्दै त्यो हिलो भाषमा ।
२.
बिहानै उठी आँगन दलान माटोले पोतेको
हो हो रे हो हो भनेर गोरु हिलोमा जोतेको ।
३.
वर्षात को बेला पानी परेर झरी नै परेकाे
मानो खाई मुरी उब्जाउने तिर्सना मरेकाे ।
४.
असारे बेला परेकाे झरी रमाइलो लाग्दछ
लहलह बीउ हरियो देख्दा आलस्य भाग्दछ।
५.
खेतका गरा टम्म भरियो रात दिन को पानीले
हार गावा मिलाई रोपेको हेर ती सानी नानीले।

✍️ सरस्वती श्रेष्ठ
इटहरी


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...