Sunday 18th October 2026

लघुकथा : पन्ध्र असार


नारायण कोइराला – हर्के दाईलाई बिहानै देखि घरमा देखेको छैन।।हर्केनी भाउजु भने हतारमा बाहिर भित्र गर्दै हुनुहुन्थ्याे।

म घरबाट निस्कँदा पानी परेको थियो। संजोग हर्केनी भाउजु पनि खेततिर जान निस्कनु भयो।च्यातिएको छाताबाट आफैलाई ओत्न कोसिस गर्दै हुनुहुन्थ्यो ।
वहाँको हातमा पोको थियो। भिज्ने अवस्था देखेंपछि पोको मैले समाए।पोकोबाट तातो बाफ् निस्कदै थियो।

खेतमा पुग्दा हर्केदाई आली लगाउन सकेर टुक्रुस बस्दै हुनुहुँदो रहेछ। तातो बाफ् आएको खाना पोरहेछ।कपाकप खान थाल्नु भयो। म हेरिरहें। अचानक एकहुल मानिस आइपुगें। मेरा आँखा तिर्मिराए। हर्केनी भाउजुले जिब्रो टोक्नु भयो। लथालिङ्ग कपडा देख्दा तिरीमिरी झ्याई हुनु स्वभाविक थियो।एकछिन हिलो संग अरु लथालिङ्ग भए। क्यामरा लजाउँदै तस्बिर खिच्दै थियो। हामी आफ्नै काममा व्यस्थ भयौ।

साँझ घर पुग्ने बित्तिकै मोबाइल हेर्न थाले।मस्तिष्कमा झन्क्का छुट्यो।झन्क्का छुट्नुको पनि कारण छ,

“लथालिङ्ग कपडामा उनिएका पन्ध्र असार भनेर भाइरल थिए। मिहिनेती गर्ने हर्के, हर्केनी गायब।”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...