Thursday 30th June 2022

चोर, साले, फटाहा र गधाहरूलाई भोट दिएर देश बन्छ ? – हर्क साम्पाङ्ग


तोयानाथ उपेक्षित, तीतोपाटी/देशमा बालेन साहको चर्चा धेरै छ तर मातृभूमी प्रतिको कर्तव्य निभाउदै निरन्तर रुपमा धरानको विकाशलाई शिरमा राखेर र यहाँको बेथीतिलाई कठोर र निर्मम भएर प्रहार गर्दै हिडने एउटा ज्याद्रो धराने युवालाई बल्ल मानिसहरुले चियाउन थालेका छन ।

चुनाव अघि निडरताका साथ सवै राजनैतिक दललाई उनले बेस्सरी गाली गरिरहे । तिनको विषयमा उनले सधै पोल खोल्दै हिडिरहे । मानिसहरुले उनका भाषण सामाजिक सञ्जालबाट हेर्थे तर प्रोत्साहित गर्न र साथ दिन कोही जादैनथे । एकाध मानिसहरु भेला भएका ठाउँमा टेम्पो चढेर हर्क पुग्थे र सानो साउण्ड बक्स टेम्पोबाट झिकेर भाषण गदर्थे ।

घोपा मेडिकलेजको दुर्गतीको विषयमा होस वा एडिबीका नाममा राज्यलाई करोडौ को ऋणमा डुवाएर धराने जनतालाई पानी पिलाउन नसकेका कुरा हुन साम्पांगले आवाज बुल्द गरि नै रहे । धरान आसपासका खोलाहरुको दोहन गर्नेहरुलाई रोक्न खोज्दा कुटाई पिटाई खाएर पनि पछि नहटेका उनलाई बल्ल धरान ले पत्यायो र यसपटक धरानको मेयर मा निर्वाचित गरर्यो ।

उनले धराने जनतालाई चुनावी दौरानमा प्रश्न गर्दै मार्मीक भाषण गरेका थिए । तपाईहरुलाई आफ्नो घर चले भैगो । आफूले खान पाए भैगो । आफूले लाउन पाए भैगो । आफूले मोटर साईकल चढन पाए भैगो । यसरी मात्र सोच्ने हो ? उसो भए यो धरान कस्को हो ? यो देश कस्को हो ? कसले बनाउने धरानलाई ? कसले बनाउने देशलाई ? यो देश कस्को हो ? अरु कस्ले आएर बनाई दिन्छ तपाईको ठाउँलाई र देशलाई ? हामी जाग्न पर्दैन ? छातीमा हात राख्नुस र देशलाई सम्झनुस । तपाई चुप लागि रहे मातृभूमीको श्राप लाग्नेछ ।

साम्पांगले कांग्रेस, एमाले, माओवादी, जसपा लगायत सवै दलहरुको निती र नेतृत्व राम्रो नभएको भन्न छाडेनन । उनले भने “जसको जागिर छैन, जमिन छैन, व्यपार छैन उसैका दुई तिन वटा घर छन । कहाँवाट आउछ पैसा ? धरानका जनतालाई पानी समेत पिलाउन नसक्ने यी राजनैतिक दलका पछि अझै पनि लाग्ने हो भने धरानमा खाने पानीको समस्या कहिल्यै समाधान हुदैन ” ।

यो लेख लेख्दै गर्दा तीनै साम्पांग धरानको मेयर मा निर्वाचित भएका छन । जनताले खुलेर कहिल्यै साथ दिएनन तर लुकेर भोट खसालि दिए । अब उनको काम हेर्न बाकी छ । निर्वाचित भए लगत्तै सोधिएको धरानको सुकुम्बासी समस्याको विषयमा उनलाई सोधिएको एक प्रश्नमा उनले भने विकाश मानब केन्द्रित हुन पर्दछ । सुकुम्वासीका टहरा भत्काएर म विकाश गर्दिन बरु तिनका टहरा चुहुने छन भने साधन श्रोत ले भ्याए सम्म टाल्ने कोशिष गर्नेछु । उनी निक्कै भावुक भएका छन ।जनताको मन जित्न सफल भएको र जिम्मेवारी बोध धेरै बढेको उनको अभिव्याक्तिमा देखिन्छ । कुनै बेला अराजक साम्पांग भनेर प्रचारित उनी बास्तबमा अराजक थिएनन । उनले समाजिक बेथिती का विरुद्धमा बोल्दा कुनै बेला उनलाई अराजक व्याक्ति बनाईयो र धेरै हिसावले भौतिक एबं मानशिक सास्ती दिईएको थियो । तर धराने जनतालाई उनले बुझाई छाडे की उनको नशा नशामा धरानको उन्नती र प्रगतिका लागि संकल्प थियो ।

हर्कको जित राजनैतिक दलहरुलाई गतिलो थप्पड हो । यत्रा ठुला हौ भन्ने राजनैतिक दल र तिनका स्थायी सदस्यता गोजिमा बोकेर हिडेका हजारौ कार्यकता हुदैमा जितिने रहेनछ । जनउत्तरदायी नहुदा एउटा बबुरो कति भारी पर्दो रहेछ अब त बुझे की ?

हर्क साम्पांग लाई बधाई एवं सफल कार्यकालको लागि शुभकामना ।


Loading...
सम्बन्धित शीर्षकहरु

ताजा र तार्किक जुनेलीहरू (१) गरेर ध्यान बढ्दैछ ज्ञान। (२) गरेरै काम कमाउँ नाम। (३) सबै भो पूरा जुनेली कुरा।…

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको…

बि. आर. उप्रेती - गाँस, बास, कपास मानव जीवनका आधारभूत आवश्यकता हुन् तर धेरै जिल्लाका जनताहरुको बसोबासको स्थायित्व, खान लाउन…

प्रतिकृयाहरू