Friday 2nd October 2026

प्रचण्डको पेजबाट हटाइयो कुलमानको फोटो भएको चुनावी पोस्टर


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ। बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।अहिले उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए। ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले  भने,‘मैले हटाउन भनिसकेको छु।’माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एउटा मोडलका रूपमा उक्त पोस्टर राखिएको बताए।‘त्यो प्रचार-प्रसारको अन्तिम पोस्टर थिएन,’ महराले भने।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...