Friday 2nd October 2026

बानाको अध्यक्षमा पन्त र महासचिव घिमिरे विजयी


बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट उम्मेदवारी दिएकाहरुमध्ये वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक सबै पन्तका समूहका उमेद्वारहरु विजयी भएका छन् ।

पन्तका तर्फका वरिष्ठ उपाध्यक्षका उम्मेदवार अनिल गोदार पराजित  भएका छन् । सुबोध पन्त दोश्रो कार्यकालका लागि पुन विजयी भएका हुन्  । २०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरूमा क्रमश ः अध्यक्ष पदमा सुवोध विलास पन्त ,वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती , महासचिवमा सागर घिमिरे , कोषाध्यक्षमा पार्वती सिंह ऋचा विजयी भएका छन् । यसैगरी कार्यकारी समितिको सदस्यहरूमा क्रमश : बसन्त बस्नेत ,भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिम बहादुर मश्रांगी, सन्तोष घिमिरे ,सरु विश्वकर्मा, श्याम कृष्ण कोइराला र यमुना घिमिरे विजयी भएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...