Monday 26th October 2026

चुनाव चिन्ह हलो नपाए स्थानीय चुनाव हुन दिँदैनौं : राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई निर्वाचन आयोगले हलो चिन्ह प्रदान नगरेको खण्डमा स्थानीय चुनाव नै हुन नदिने दावी गरेका छन् ।बर्दियामा आज आयोजित आमसभालाई सम्वोधन गर्दै उनले राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने बताए ।

लिङदेनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह ‘हलो’ दिइएन भने चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’ उनले राप्रपाका कार्यकर्ता तथा मतदाताले हलो चुनाव चिन्हमा नै भोट हाल्न पाउने दावी पनि गरे ।

 


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...