Saturday 3rd October 2026

मंसिरअघि नै संसदीय चुनाव हुन सक्छ – गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताए । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानिय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन  ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...