Tuesday 27th October 2026

एमसीसी संसदमा टेबल गर्न दिनुपर्ने एकीकृत समाजबादीको निष्कर्ष


सत्तारुढदल  नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको शनिबार बसेको बैठकले  संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । उक्त  बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । तर  यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको जानकारी दिएका छन  ।

सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

एमसीसी सम्झौताको बिबादमा माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चाले सडक तताएका छन ।भने जसपाको पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन नेता बाबुराम भट्टराई भने एमसीसीको समर्थनमा रहेका छन भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि कुनै निर्णय गरेको छैन ।

 


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...