Sunday 23rd August 2026

एमसीसी संसदमा टेबल गर्न दिनुपर्ने एकीकृत समाजबादीको निष्कर्ष


सत्तारुढदल  नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको शनिबार बसेको बैठकले  संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । उक्त  बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । तर  यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको जानकारी दिएका छन  ।

सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

एमसीसी सम्झौताको बिबादमा माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चाले सडक तताएका छन ।भने जसपाको पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन नेता बाबुराम भट्टराई भने एमसीसीको समर्थनमा रहेका छन भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि कुनै निर्णय गरेको छैन ।

 


सम्बन्धित शीर्षकहरु

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी…

रुसमा अगस्ट महिनालाई "ब्ल्याक अगस्ट" अर्थात् दुर्भाग्यपूर्ण महिना मान्ने परम्परा फेरि चर्चामा आएको छ। विगतमा सोभियत संघको विघटन, आर्थिक संकट,…

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

प्रतिकृयाहरू
...