Tuesday 27th October 2026

ज्ञानेन्द्र शाही राप्रपा प्रबेससंगै पाए प्रबक्ताको जिम्मेवारी


‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रबेस गरेका छन उनले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान नै राप्रपामा सामेल गराउदै राप्रपा  अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने उनले बताए ।

शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’ नवप्रवेशी  शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । ‘पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरे ।

अब राप्रपामा प्रबक्ताको संख्या  ५ पुगेको छ  जसमा ज्ञानेन्द्र शाही सहित  भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल  मनोनीत रहेका  छन् ।

 


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...