Sunday 23rd August 2026

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट शुरू हुने


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो ।

विद्यालयले २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्य घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शैक्षिक सत्र चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिनाभित्रै सक्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी…

रुसमा अगस्ट महिनालाई "ब्ल्याक अगस्ट" अर्थात् दुर्भाग्यपूर्ण महिना मान्ने परम्परा फेरि चर्चामा आएको छ। विगतमा सोभियत संघको विघटन, आर्थिक संकट,…

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

प्रतिकृयाहरू
...