Tuesday 27th October 2026

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने


तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउनेछन्।

सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले…

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

प्रतिकृयाहरू
...