Friday 26th April 2024

विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन


अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने,

तीताेपाटी – कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू भएको छ । पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ ।

उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

नेपाल आउँदा हवाई यात्रा गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य रूपमा कोरोनाबाट बच्ने मापदण्ड पालना गर्नु पर्ने छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमन विभागले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन ।

हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ । नेपालमा कोरोना महामारीले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध भने लगाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...