Friday 16th October 2026

लेखान्की – “मभित्र पनि उसको जन्म नहोस् ।”


“मभित्र पनि उसको जन्म नहोस् ।”

================

तिम्रै अस्तित्त्वलाई म मेरै ठानें,
तिम्रै मानसम्मानलाई मेरै ठानें,
तिम्रो चोटलाई मेरै ठानें,
भङ्गालासँगै दौतरी गांस्दै
बरू आफैलाई घोचाएँ
तर व्यर्थैका ती प्रयासहरू ।
समयका पदचापसँगै
एकदिन मैले मलाई नियाल्न खोजें,
एक पित्को फिस्स हांस्न खोजें,
म उभिन कोशिस गरें
हिड्न खोजें
तर
तिम्रो मुटु पोल्न थालेछ,
रातको निद्रा पनि भागेछ,
हो, मैले थाहा पाएं,
अलिकति टाउको उठाएर फिस्स हांस्न खोज्दा,
कैयौं रात तिम्रा निद्रा हराएछन्
मुटु पोलेछ,
यसैले तिमीसँग सोध्न मन छ,
मेरो सानो खुशीमा रमाउन नसक्ने तिमी
के मेरा हौ ?
तिमी कसरी मेरा आफ्ना हौ ?
अचेल म डराउन थालेकी छु
सांच्चै डराउन थालेकी छु
तिम्रै अस्तित्त्वलाई म मेरै ठानें,
तिम्रै मानसम्मानलाई मेरै ठानें,
तिम्रो चोटलाई मेरै ठानें,
भङ्गालासँगै दौतरी गांस्दै
बरू आफैलाई घोचाएँ
तर व्यर्थैका ती प्रयासहरू ।
समयका पदचापसँगै
एकदिन मैले मलाई नियाल्न खोजें,
एक पित्को फिस्स हांस्न खोजें,
म उभिन कोशिस गरें
हिड्न खोजें
तर
तिम्रो मुटु पोल्न थालेछ,
रातको निद्रा पनि भागेछ,
हो, मैले थाहा पाएं,
अलिकति टाउको उठाएर फिस्स हांस्न खोज्दा,
कैयौं रात तिम्रा निद्रा हराएछन्
मुटु पोलेछ,
यसैले तिमीसँग सोध्न मन छ,
मेरो सानो खुशीमा रमाउन नसक्ने तिमी
के मेरा हौ ?
तिमी कसरी मेरा आफ्ना हौ ?
अचेल म डराउन थालेकी छु
सांच्चै डराउन थालेकी छु
मभित्र पनि उसको जन्म नहोस् ।

-प्रतिभा पुन (काठमाण्डाै)


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...