Friday 11th September 2026

कुवेतका ३ किराती संस्थाले एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ मनाए


कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाएका छन् ।

किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बुको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वल लामाको विशेष आतिथ्यता, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष मृत तामाङ, पत्रकार महासंघ कुवेतका सह-सचिव हरि वानिया लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अधयक्ष प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राईले उपस्थित सम्पूर्णलाई मन्तव्यमार्फत स्वागत गरेका थिए भने किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।

सभापति, प्रमुख अतिथी र विशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए। मन्व्यको क्रममा प्रमुख अतिथि नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीले बोल्दै प्रवासी भुमी कुवेतमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलो कुरा रहेको वताए । “किराँतीहरुको यो राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ वाट किरात संस्थाहरु एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे । किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयो भन्दै शुभकामना व्यक्त गरे। कुवेत सरकारको तर्फबाट (२ जनावरी-२०२२)देखी अनिवार्य रुपमा कोरोना विरुद्ध बुस्टर डोज खोप लगाउन सबैलाई अनुरोध गरेको हुँदा सबैले बुस्टर डोज खोप लगाउन पनि अनुरोध गरेका थिए साथै कुवेतवासी नेपालीहरुलाइ आफ्नो राहदानी नविकरणको लागि कम्तिमा १ वर्ष समय अवधि हुँदै यन्त्रवाचक राहदानी (Machine Readable Passport-MRP) सकिएपछि विध्युतीय राहदानी (e-passport) को लागि निवेदन दिएर सरल र सहज रुपमा नवीकरण गर्न पनि आवाहन गरेका थिए।

कार्यक्रममा विशेष अतिथि एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,यक्खा राइको तर्फबाट- प्रेम जिमी यक्खा,पत्रकार महासंघ कुवेत शाखाबाट हरि बानिया, सुनुवार सेवा समाज कुवेतका अध्यक्ष-लाल बहादुर सुनुवार, तमू समाज कुवेतका-उपाध्यक्ष याम गुरुङ, NRNA आइसिसी सदस्य- हरि लावती,तामाङ घेदुङ कुवेतका अध्यक्ष-नारायण घलान लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए। भने तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली,कार्यक्रम लाई सुगन्ध भर्ने काम साथै कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थिए।आयोजकको तर्फबाट कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको ब्याबस्था पनि गरिएको थियो।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति अरुण लिम्बुले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थिए।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...