Friday 16th October 2026

पुस चौध, सम्झना राजा वीरेन्द्रको


नारायण कोइराला – प्रजातन्त्र जिन्दाबाद।राजतन्त्र मुर्दाबाद भन्दै हिड्नेहरुको बीचमा त्यति बेला हाम्रो उमेरका साथीहरु धेरै थियौ । उमेर काँचै भएकोले कुरा बुझ्न भन्दापनि अरूको इसारामा हामीहरु रमाउँदै नारा घन्काउने गर्दथ्याैं । न हामीलाई राजतन्त्रको बारेमा राम्रो संग जानकारी थियो, न त प्रजातन्त्रको बारेमा।अरूको भरमा हामी सानै भएपनि हातमा लौरो लिएर चिच्याउँदै हिड्ने गरिन्थ्यो।त्यसको उपलब्धि के हो ?’ अर्थ भने थाहा थिएन।

मनमा खुल्दुली चाहिँ हुने गर्दथ्यो।कहिले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, भने कहिले राजालाई नै गाली गर्ने।यो अवस्थामा हामी अलमल पर्नु स्वभाविक पनि हो। हामी संग भन्दापनि म संग राजाको फोटो सम्म थिएन।विद्यालयको कार्यालयमा रहेको तस्बिर हेरेर म एकछिन सोच्थें।यति राम्रो राजालाई किन मानिसहरू गाली गर्छन् भनेर।मेरो मनले त्यो तस्बिरबाट किन किन आवाज आए जस्तो अनुभव गर्दथ्यो, ‘तिमीहरु बच्चा छौ अहिले केही बुझ्दैनौ।”हुन् पनि बुझ्न नै कठिन थियो।मलाई त्यो बेला एउटै कुरो थाहा थियो। म न राजालाई नराम्रो मान्थे न अरूलाई तर बाध्यता अर्कै थियो।अरूले जे भन्यो त्यही गर्नुपर्ने।बालापनको फाइदा उठाउँदै थिए त्यो बेला ।

आजपनि मेरो मस्तिष्कमा सम्झना छ।चिउरा र दालमोठ दिएर हामीलाई चिच्याउन लगाइन्थ्यो।जो हाम्रो लागि एउटा रमाइलो र अनविज्ञ क्षण पनि बनेर बस्यो।

बिस्तारै समय बदलियो।हामी ठूलो हुँदा राजतन्त्र मुर्दाबाद भन्ने समय रहेन।प्रजातन्त्रको उदय भयो।आजपनि राजा वीरेन्द्रप्रति जो सम्मान छ त्यसलाई अविस्मरणीय नै भन्न सकिन्छ।समय अनुसार तंत्रहरु बदलिँदै गए।एक राजा हटेर प्रजातान्त्रिक आन्दोलन पछि अनेक अदृश्य रूपमा राजाहरु बन्दै गए।त्यो आफ्नो ठाउँमा छ। न म राजावादी हु, न प्रजातन्त्र आएकोमा मलाई दुःख नै छ।अहिले सबै कुरा बुझ्दै जाँदा तन्त्रले कुनै असर गर्दोरहेनछ।मेरो नजर कालो अथवा सेतो जे भएपनि म सानो छँदा राजतन्त्रमा खुसी थिएँ, अहिले गणतन्त्रमा। म जनता भएर बाँचेको छू। न त नेताको बिरोध गर्छु, न व्यवस्थाको। मनमा आएको कुरा खेल्छ।राजा वीरेन्द्रलाई अहिले बल्ल इतिहास पढेर बुझेको छू।जुन इतिहास मन पर्ने विषय मध्यको एक हो मेरो। पुस चौध वीरेन्द्रको जन्मदिन हार्दिक श्रदा सुमन।

तानसेन पाल्पा
हाल : युएई


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...