Friday 21st August 2026

कतार प्रवेश गर्नेहरूले कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने


तितोपाटी- रोजगारी तथा अन्य कामका लागि कतार प्रवेश गर्नेहरूले कोभिड विरुद्धको खोप लगाएको ९ महिना पूरा गरेको भए अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्ने भएको छ ।

कतारको सूचना केन्द्रले ट्विटर मार्फत यस्तो जानकारी दिएको हो ।
त्यस्तै कतार प्रवेश गर्नेहरूको ७२ घण्टाभित्र पीसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटिभ नआएसम्म बाहिर निस्कन बन्देज लगाइएको छ । यस्तो परीक्षण नगर्नेहरूले १० दिन घरमा क्वारिन्टिन बस्नुपर्ने व्यवस्था समेत गरेको सूचना केन्द्रले जनाएको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

प्रतिकृयाहरू
...