Thursday 20th January 2022

सुप्रियाको चित्रकला प्रर्दशनी, मेरो अनुभव -सीता बिष्ट कार्की (सीबिका)


आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै माया गर्नुहुन्छ । लघुकथा पाठशालाको जुम प्रतीनिधि पनि बनाउनु भएको छ ।

राजधानीको बिहान चिसो सिरेठोको अनुभुति भइरहेको थियो । घाम पनि अलि कन्जुस्याइँ गर्दै थियो ,अब मेरो कलेज जानेबेला भयो खाजा खाएर ,उनको कुर्ता सुरुवाल , हाप स्वेटर लगाए अनि उनको कालो पन्जु ओढेपछि लघुकथा पाठशालाकि एडमिन लता दिज्जुलाई दिने मेरो किताबहरु संघार नाघेको उज्यालो उपन्यास, बाल कथा संग्रह शिकारी बा र नारायण कोईराला भाईको मरुभूमिमा विस्फोट लघु कथा संग्रह झोलामा राखे । अनि मेरा यी पाइलाहरु घरबाट निस्के , मेरो श्रीमानले कलेजमा पूर्याउनु भयो पौने आठबजे कलेज भित्र छिरे । १०:४०सम्ममा मैले पढाउने संपूर्ण ड्युटी सकेर लिङ्कनकै क्यान्टिन मै खाना खाइवरी एकल चित्रप्रदर्शनीको लागि बबरमहलस्थित नेपाल कला परीषदको यात्रामा लागे । निकै लामो समय भैसकेछ सार्वजनिक यातायातमा नहिडेको पनि । कोरोनाको डर त्राश र भय अझै निस्केको थिएन मनबाट , निस्कुस पनि कसरी फेरि अर्को तेस्रो भेरियन्ट ओमिक्रोन छिमेकी देशमा आइसकेको हल्ला छ, अन्योलमा परे ट्याक्सीमा जानेकी सार्वजनिक सवारी साधनमा जाने , सोच्दासोच्दै थोरै यात्रीहरु बोकेको माईक्रो आयो सामाखुसी चोकमा हिँडिहाले डबल मास्क लगाएर अहिले त भाडा बढेको रहेछ पहिले भन्दा यो पनि थाहा थिएन मलाई । बल्ल श्वास फेरेको अनुभुती भयो हुन पनि किन नहोस मास्क लगाएर लगातार बोलिरहदा अक्षरको यूद्वभूमीमा । मुख सुकेको थियो, अलि अलि फुलेका कपालका केशहरु कता नमिलेको लाग्थ्यो आफैलाई ।बिहानै हलका पोतेको अनुहारको चिल्लोपन पनि उडिसकेको थियो । गाडीले कार्वन मोनोअक्साईड हावामा फ्याक्दै थियो , म आफ्नै दुनियाँमा थिँए , मनमा रङ्गिन चित्रहरु सजाँउदै थिएँ सानी १६ बर्षकी सानी नानी सुप्रीया पाण्डेको । पहिलो पटक जाँदैछु एकल चित्रकला अबलोकन गर्न । उत्तासहित थिँए त्यो गन्तव्यमा पुग्न ।


मन पनि आत्तिरहेको थियो त्यहीँबेला खलासीले भन्यो ल अब सबै ओर्लनुस आरएनएसि आयो , झल्याँस भएँ , किन किन नौलो लाग्यो ।
मैले भने यो त होईन खै न्यूरोड गेट, सबैजना ओर्लेपछि म पनि ओर्ले यो मनले नमानी नमानी फेरि एकछिन अलमलिएँ न्यूरोड गेट देखिन मनमनै सोचेँ यो पनि फेरिएछ ।
अनि खलासीलाई सोधे त्यसो भए बबरमहल जाने सवारी साधन कहाँ पाईन्छ ? उस्ले भन्यो यो आकाशेपुल चढेर जानुस अनि त्यहीँ पाईन्छ ।यहि त हो मैले खोजेको माइक्रो बसस्टेशन अचेल यता आँउदोरहेनछ कि क्याहो ।सवारी साधन फेरि खोज्दै हिँडे बबरमहल जानकोलागि ,गाडी तुरुन्तै भेटियो , अब केहि ढुक्क भयो , गन्तव्यको नजिकै छु भन्ने आभास भयो , यो लामो गाडी रहेछ अफिसको समय नभएर होला मानिसहरू कम थिए ।
सहचालकलाई पहिल्यै भने बबरमहलस्थित नेपाल कला परिषदको सेरोफेरो रोक्दिनुहोला है?
बबरमहल आएपछि सहचालकले भन्यो ल यहीँ ओर्लनुस यतै खोज्नु होला ।ओर्लेपछि खोज्दै हिँडे ,यतिखेर १ बज्न लागिसकेको थियो ।हिडाईले गर्दा नपोल्ने घामले पनि पोलिरहेको थिय ,हल्का पसिनाले अनुहार भिजेको थियो ।कहिले कताको बाटो फेरि घुमाउरो अनि घुम्तीमा अलमलिदैँ थिँए , एक जना नेपाल सरकारको पोशाक लगाएको कर्मचारीले बताएको मार्गदर्शन अनुसार गए अनि बल्ल पूँगे असिना पसिना हुँदै ।नेपाल कला परिषदको गेटमा लघुकथा पाठशालाका एडमिन लता केसि दिज्जुले पर्खिरहनु भएको थियो ।साह्रै खुसिलाग्यो पहिलो पटक भौतिक रुपमा भेट्न पाउँदा खुसी र उमंगको सिमा थिएन ।अक्षरले जोडेको नाता निकै गहन र आत्मीय हुँदोरहेछ । त्यसैगरी राम्रो लघुकथा लेख्ने लघुकथाकार सत्य अधिकारी, गङ्गा दाहाल सुन्दर लघुकथा वाचक, संयोग पनि कस्तो लघुकथाकार डा. रविन्द समिरको सुपुत्री थिईन चित्रकार सुप्रिया पाण्डे ।


नेपाल कला परिषदको हल खचाखच भिडले भरिएको थियो , धेरै जसो कलेज पोशाकमा आएका विद्यार्थी अझ बढी थिए ।
हामी चित्रहरु अबलोकन गर्दै गयौ , महिला हिँसा सम्बन्धि साह्रै मार्मिक चित्रहरु थिए ।
,एकल चित्रकला प्रदर्शनी महिला हिंसा :भ्रूणदेखि घाटसम्म
हेर्दै गयौ जति हेर्यो उति मन छुँदै गयो । त्यसैले हाम्रो लघुकथा पाठशालाबाट एडमिन लता दिज्जुको नेतृत्वमा लघुकथाकारको टिमले कर्णालीका बालबालिकाहरुको लागी उनीहरुको शिक्षा , स्वास्थ संपूर्ण दुखी मनहरुलाई अलिकति सेवा गर्ने उदेश्यले आफ्नो रुचि अनुसारको एक एकवटा चित्रहरु किनियो , यी मार्मिक चित्रहरु अब हाम्रो घरको भित्तामा पनि टाँसिनेछन।
वधाई छ सुप्रिया तिमीलाई तिम्रो उज्वल भविष्यको शुभकामना फोटोहरु खिच्यौ सदैव सम्झना बनिरहनेछ ।
छोराको फोन आयो मामु कोरोनाको बेला हजुर कत्तिको भिडमा हो हँ ?, उत्तर दिन नपाउँदै फेरि भन्यो घर आँउदा ट्याक्सीमा आइस्यो है ।फेरि उही कोरोनाको डर, त्रासको कुरा नकरा न छोरा मैले भने । ४ बजिसकेको थियो घर आइपुग्दा जाडोको महसुस बढ्दै थियो एक कप तातोकफी पिएपछि न्यानो महसुस भयो । एकल चित्रकलाको ब्रोसर अनि चित्रकला प्रदर्शनीका तस्वीरका झलकहरु बोकेर घर आए उ दङ्ग परेर हेर्दै थियो म पनि लता दिज्जुले दिएका अक्षरका उपहारहरु हेरेर दङ्ग परिरहेँ ।
सीता विष्ट कार्की ‘सीविका ‘


Loading...
सम्बन्धित शीर्षकहरु

मजामा छौ तिमी छोडेर आमाको, मायालाई भूलेर लालन पोषण गरेको गर्दछौं, अपमान खुलेर दिलमा तनाव बोकेर आमाले, हुर्काएको बिर्सेछौ श्रापित…

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क…

अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, तीताेपाटी - कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा…

प्रतिकृयाहरू
Al-MuzainiDiwali