Tuesday 27th October 2026

इजरायलको रोजगारीमा छनोट भएका कामदारको राहदानीको अवधि तीन वर्षको हुनुपर्ने


तितोपाटी- इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआईबीएले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त गर्ने कामदारहरूको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ ।  इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान छ ।
२०२५ जनवरी ३१ भन्दा यता पासपोर्टको म्याद सकिनेहरूले काठमाडौंमा रहेको राहदानी विभागबाट आफ्नो पासपोर्ट नवीकरण गराउन सकिन्छ । पासपोर्ट नवीकरण गराई अबको पाँच दिनभित्र वैदेशिक रोजगार विभागको इजरायल शाखामा सम्पर्क गर्न विभागले सूचना जारी गरेको छ ।
विभागका अनुसार छनोट भएर रोजगारदाताबाट स्ट्याण्डर्ड इम्प्लोइमेन्ट कन्ट्रयाक्ट प्राप्त हुने उम्मेदवारहरूको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा पासपोर्टको म्याद अनिवार्य रूपमा तीन वर्षको हुनुपर्नेछ ।  इजरायल रोजगारीका लागि छनोट भएकाहरूले काठमाडौंका विभिन्न पाँच अस्पताल (वीर अस्पताल, निजामती सेवा अस्पताल मीनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पताल बलम्बु) मा खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...