Tuesday 27th October 2026

नेपालगञ्जबाट रूकुम जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते


जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । मृत्युु हुनेहरुमा कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली,नलगाड–३ करुवा जाजरकोटका शेरबहादुर परियार, आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल, आठबिसकोट–४ की ४ वर्षीया दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ घर भइ दिपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गगाराम यादव छन् ।


सम्बन्धित शीर्षकहरु

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

प्रतिकृयाहरू
...