Sunday 23rd August 2026

नेपालगञ्जबाट रूकुम जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते


जाजरकोट जिल्लाको कुदु बराहचौकनजिक आइतबार बिहान दुई बजे एक यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । मृत्युु हुनेहरुमा कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली,नलगाड–३ करुवा जाजरकोटका शेरबहादुर परियार, आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल, आठबिसकोट–४ की ४ वर्षीया दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ घर भइ दिपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गगाराम यादव छन् ।


सम्बन्धित शीर्षकहरु

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले…

प्रतिकृयाहरू
...