Monday 7th September 2026

सल्यानको कपुरकोटमा यात्रुवाहक बस दूर्घटना, १२ जनाको मृत्यु


तीतोपाटी – सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दूर्घटनामा ज्यान गुमाउनेहरू सबैको सनाखत भएको छ । दूर्घटनामा दर्जनाै यात्रुहरू गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ की साबित्रा केसी छन् । त्यसै गरि शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।

खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । बसमा ४० भन्दा बढी यात्रु सवार थिए । दूर्घटना पछि बसका चालक भने फरार छन् प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको छ । सामान्य घाइते भएका १० जनाको जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...