Tuesday 27th October 2026

धनुषामा ‘वृहत टीका कार्यक्रम’मा हिन्दु-मुस्लिमबिच एकापसमा दसैँ टीका ग्रहण


तीतोपाटी – धनुषाको धनुषाधाम नगरपालिका वडा नं – ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् ।

वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टिका र जमरा लगाई दिएका थिए ।

यस्तै कार्यक्रममा उपस्थित मुस्लिम तथा हिन्दू समुदायले एकआपसमा टीक तथा जमरा लगाई दिएर लगाइ दिएर शुभकामना आदानप्रदान गरे।
कार्यक्रममा करिब तीन सयको उपस्थित थियो । जसमा लगभग ६० जना मुस्लि समुदायकाले दशैंका टिका लगाएका थिए । नौसयबिघा गाउँमा दुई सय घर मुस्लिम समुदायको घर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...